तपाईँ सुन्दै हुनुहुन्छः

तेक्वान्दो खेलतर्फ मधेस प्रदेशले पहिलो स्वर्ण पदक जित्यो 

 बारा I गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो खेलतर्फ मधेस प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ ।

पर्साका महमद सोहेब अख्तरले तेक्वान्दो खेलमा स्वर्ण पदक जितेका हुन् ।५८ केजी तौल समूहको फाइनल भिडन्तमा नेपाल पुलिसका खेलाडीलाई पराजित गर्दै अख्तरले स्वर्ण जितेका हुन् । अख्तरले पुलिसका सुवासचन्द्र बोहरालाई पराजित गरेका हुन् । यसैगरी पर्साले ५४ केजी तौल समूहमा रजत पदक पनि हात पारेको छ ।

रजत जित्नेमा अफताफ आमल रहेका छन् । उहाँ फाइनल भिडन्तमा नेपाल पुलिसका सुमित बिस्टसँग पराजित भएका थिए ।विजेता र उपविजेता खेलाडीलाई ओलम्पियन दीपक विष्टले पदक वितरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुदमा मधेस प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button