राजनीतिक स्थिरता कायम राख्न सत्ता गठबन्धन : मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षा गर्दै जनभावनाको कदर गरेर मलुकको विकास गर्ने जिम्मेवारी सत्ता गठबन्धनको काँधमा रहेको बताउनुभएको छ ।
आज सुनसरीको कोसी गाउँपालिकामा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सत्ता गठबन्धनले काम गर्ने बताउनुभयो ।
उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम राख्न सत्ता गठबन्धन बनेको बताउनुभयो । उहाँले विश्व अहिले सञ्चारको युगमा रहेकाले कोही कसैले जनतालाई ढाँटछल गर्न नसक्ने बताउनुभयो ।
मन्त्री कार्कीले नेपाललाई दक्षिण एसियाकै विकसित मुलुकको रूपमा परिणत गरिने बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री कार्कीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले सुविधाजनक बहुमत ल्याउने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्