जनताको अधिकार जोगाउन गठबन्धन: वरिष्ठ नेता पौडेल
तनहुँ । नेपाली जनताको अधिकार जोगाउन निर्वाचनमा सत्ता गठबन्धन भएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ ।

तनहुँ १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार समेत रहनुभएका पौडेलले शनिबार नेता कार्यकर्तासँगको अन्तरक्रियामा जनताका अधिकार खोसिन लागेपछि गठबन्धन गर्नुपरेको बताउनुभयो ।
‘देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम गर्ने आवश्यकता रहेकोले गठबन्धन गरिएको हो’ पौडेलले भन्नुभयो । गाउँमा विकास र रोजगारी सिर्जना गर्न आफ्नो इच्छा रहेकोले राजनीतिमा सक्रिय रहेको पौडेलले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराईले राजनीतिक समस्याको समाधान, शान्तिलाई स्थायित्व दिन र विकासमा साझेदारी दिन गठबन्धन गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्