‘समाज एकीकरणमा सबै जातजातिको महत्त्वपूर्ण योगदान छ’
मोरङ । पूर्व राष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नागरिक अभिनन्दन समारोह समितिद्वारा मोरङमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उहाँले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्त्वपूर्ण योगदानको रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पुर्याउने धारणा राख्नुभयो ।
अभिनन्दित व्यक्ति गोयलले गरिब विद्यार्थीलाई छात्रवृत्ति लगायत विभिन्न सङ्घसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुशी र शान्ति महशुस हुने गरेको अनुभव सुनाउनुभयो । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीर प्रसाद गोयल लगायतले गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्