तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कर्मचारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी सरकारी कर्मचारी तथा शिक्षकहरुका आचारसंहिता जारी गरेको छ ।

file photo

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारी कर्मचारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सन्जाल मार्फत मत माग्न नहुने जनाइएको छ ।

आचार संहिता उल्लंघन गर्नेलाई निवाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button