तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा तीन पदका लागि २० जनाको उम्मेदवारी 

सल्यान । आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि सल्यानमा तीन पदका लागि २० जनाको उम्मेदवारी परेको छ । 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ८, प्रदेशसभा सदस्य (क) र (ख) मा समान ६ /६ जनाले प्रतिस्पर्धा गर्दै छन् । 

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला, नेकपा एमालेका राजेन्द्र वीर राय, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका पवन राज देवकोटा, नेकपा (माले) का भीम बहादुर वली, स्वतन्त्रबाट जुद्ध बहादुर सिंह, डिल्ली बहादुर बुढाथोकी र राजेन्द्र बहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेशसभा सदस्य (क) मा नेकपा माओवादी केन्द्रका भीम प्रकाश शर्मा, एमालेका कुल बहादुर गिरी, राप्रपाका शिव बहादुर वली, स्वतन्त्रबाट रमेश बुढाथोकी र एकराज डाँगीको उम्मेदवारी परेको छ । 

यस्तै प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी, एमालेका गुलाब जङ्ग शाह, राप्रपाका नारायण कुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डविर पुन, जनता समाजवादी पार्टीका अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंहले उम्मेदवारी मनोनयन गर्नुभएको छ । 

गठबन्धनमा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएको छ । प्रतिनिधिसभा सदस्यमा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह र प्रदेशसभा सदस्य (क) मा एकराज डाँगीको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button