सौराहामा बाढी पस्यो, राप्ती किनारका होटल डुबानमा
चितवन । हिजो देखिको निरन्तर वर्षाका कारण पर्यटकीय नगरी सौराहामा बाढी पसेको छ ।

राप्ती लगायतका खोलामा आएको बाढीका कारण खोला किनारका होटल तथा रेस्टुरेन्ट डुबानमा परेका हुन् । राप्ती खोलामा यो वर्षकै ठुलो बाढी आएको होटल हर्मिटेज सौराहाका मेनेजर रमेश रेग्मीले बताए ।

सौराहाको खोला किनारमा रहेका १ दर्जन भन्दा बढी रेस्टुरेन्ट डुबानमा परेका छन् भने ५ वटा भन्दा बढी होटेलमा बाढी पसेको रेग्मीले बताए । वर्षा निरन्तर भइरहेकाले सौराहाका धेरै होटल डुबानमा पर्नसक्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्