पहिरोको कारण हेटौँडा सिस्नेरी काठमाडौँ सडक अवरुद्ध

मकवानपुर । निरन्तरको वर्षाको कारण बागमती प्रदेशको राजधानी हेटौँडा हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने छोटो मार्ग अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित घिसिनी खोल्सामा गएको पहिरोको कारण सडक अवरुद्ध बहाएको हो ।
पहिरोको कारण हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने छोटो मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै वर्षाको कारण हेटौँडा उपमहानगरपालिका ५ को केही भाग डुबानमा परेको छ । दसैँ रमझम मनाइरहँदा घरमा पानी पसेपछि समस्या भएको स्थानीयले बताएका छन् ।अविरल वर्षाका कारण मकवानपुरको अन्य क्षेत्रमा पनि जनजीवन प्रभावित भएको छ । टिका थाप्न जानेहरूलाई समस्या समेत समस्या भएको छ । बिहानै देखि ठुलो पानी परेकाले टिका लगाउन जान र फर्कनका लागि थप समस्या भएको हो । वर्षा नरोकिएका कारण मकवानपुरका ग्रामीण सडकमा बाढी तथा पहिरो र डुबानको जोखिम बढेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्