नेकपा एमालेको सचिवालयको बैठक जारी

काठमाडौँ I एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा निर्वाचनको तयारी तथा उम्मेदवार चयनका विषयमा छलफल हुने एमाले नेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।
बैठकले समानुपातिक बन्द सूचीमा रहेको उम्मेदवारको नाम सच्याउने तथा प्रत्यक्षतर्फको उम्मेदवार, आगामी निर्वाचनका लागि तयार गरिएको घोषणापत्रको अन्तिम टुङ्गो लगाउने नेता नेम्वाङले बताउनुभयो ।
१६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ भने २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।







प्रतिक्रिया राख्नुहोस्