तपाईँ सुन्दै हुनुहुन्छः

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक 

इलाम । भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज (शुक्रबार )सार्वजनिक गरेको छ । 

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल.बि.भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना अपरिचित व्यक्तिहरूले खुकुरी, ढुङ्गा प्रहार गरि खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाई फरार भएका थिए । 

गुरुङको उपचारको क्रममा झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।   

इलाम र झापाको सीमास्थित चुलाचुली–५ मा पर्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक गत बुधवार भएको घटनामा संलग्न ९ जनालाई पक्राउ प्रहरीले गरेको छ । 

धारिलो हतियार र ढुङ्गा प्रहार गरि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका इलामका शिब हिङहाङ भन्ने २५ वर्षीय नरेन्द्र दर्जी, २९ वर्षीय नरेश कुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसेयाङ याखा, ३३ वर्षीय  चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, टिका भनिने ३० वर्षीय नरेन्द्र तुम्रोक, २६ वर्षीय  विक्रम हिङमाङ (नेपाली) र २९ वर्षीय पर्शु राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

घट्नाभन्दा तीन दिन अगाडी असोज २ गते लाल बहादुर गुरुङले घट्नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेकाले  बदला लिन आरोपीहरूले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको इलामका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button