तपाईँ सुन्दै हुनुहुन्छः

महिला साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ । बङ्गलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले पराजित गर्दै बङ्गलादेशले ऐतिहासिक उपाधि जितेको हो ।

file photo

दशरथ रङ्गशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बङ्गलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुना हारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्त्वना सावित भयो । पहिलो हाफमा २–० ले अग्रता लिएको बङ्गलादेशविरुद्ध नेपालले एक गोल फर्काए पनि गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बङ्गलादेशले पुनः १ गोल थपी ३ –१ गोलले हराउँदै उपाधि जितेको हो ।

१५ हजार दर्शकसामु खेलको नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौँ पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button