तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

कर्णाली । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ ।

सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आवमा बजेट विनियोजन गरेसँगै सरोकारवालासँग छलफल सुरु गरेको छ ।

अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको बताउनुभयो ।

अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button