तपाईँ सुन्दै हुनुहुन्छः

बसले ठक्करदिँदा वृद्धाको मृत्यु

लेखनाथ। पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो ।

पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बन्जराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button