बाल दिवसमा बालबालिका सम्मानित
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययनरत बालबालिकाहरूमध्ये शैक्षिक गुणस्तर र नियमितताको आधारमा सात जना सम्मानित भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको आयोजनामा ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर अनुशासन पालन गर्ने, विद्यालयमा नियमित उपस्थिति हुने, विद्यालयको आचारसंहिता पूर्ण पालन गर्ने ७ विद्यार्थीलाई सम्मान गरिएको हो ।

दिवसका अवसरमा सम्मानित हुने बालबालिकाहरूमा कक्षा १० का विष्णु कुमार यादव, रेमश कुमार यादव, कक्षा ९ का शीतल कुमार यादव, रविन्द्र ठाकुर, कक्षा ८ का अन्जना उराँव र कक्षा ७ का अमन कुमार मेहता रहनुभएको छ ।
सम्मानितहरूलाई सम्मान पत्र, दोसल्ला र स्टेशनरी सामान हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवले जानकारी दिनुभयो ।
दिवसको अवसरमा महिला स्वास्थ्य स्वयम सेविका भई बाल अधिकार र बाल स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै भोक्राहा नरसिंह गाउँपालिका ७ का महिला स्वयंसेविका बुधोदेवी यादव र दलित अधिकारको क्षेत्रमा काम गर्नुभएका सत्यनारायण मण्डललाई पनि सम्मान गरिएको समितिले जनाएको छ ।
सबैलाई विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवले सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्