तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा काँग्रेसले उम्मेदवार सिफारिस टुङ्गायो

पाल्पा। पाल्पा काँग्रेसले पाल्पाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली काँग्रेस पाल्पाले उम्मेदवारहरूको नामावली सिफारिस गरेको हो ।

काँग्रेसले पाल्पाको क्षेत्र नंं १ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ज्ञान बहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दिप रानालाई सिफारिस गरेको छ भने प्रतिनिधि सभा क्षेत्र नंं २ मा वीर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जीवी नेपाललाई सिफारिस गरेको छ । यसै गरी प्रतिनिधि सभा समानुपातिकमा क्षेत्र नंं १ मा सन्दिप राना, विष्णु माया ढकाल, विजयराज घिमिरेलाई सिफारिस गरेको छ । यसैगरी क्षेत्र नंं २ मा समानुपातिकतर्फ राजन प्रसाद पन्त, विधान श्रेष्ठ, लाल कुमारी राना, महेश्वरी कुँवर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।

प्रदेश सभा तर्फ पाल्पा क्षेत्र नंं १ क प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिक तर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थाप र बिष्णु देवि घिमिरे आचार्यलाई सिफारिस गरेको छ । क्षेत्र नं.१ (ख) बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शङ्कर खनाललाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ तारा रसाईली, युवराज पौडेल र भरत सराइली लाई सिफारिस गरेको नेपाली काँग्रेसका उप सभापति झपेन्द्र गहिरे जानकारी दिनुभयो ।

पाल्पा क्षेत्र नंं २ क प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कृष्ण प्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहोरा र कृष्ण बहादुर आले सिफारिसमा परेका छन् । क्षेत्र नंं २ ख बाट प्रत्यक्ष तर्फ राम बहादुर कार्की ( पूर्व डिआइजी), राम बहादुर कार्की ( पूर्व पालिका अध्यक्ष) महेन्द्र प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । यसैगरी प्रदेश सभा समानुपातिक तर्फ क्षेत्र नंं २ क बाट १४ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

जसमा अजयमान कर्माचार्य, कृष्ण बहादुर राना, गंगा पौडेल कोइराला, झपेन्द्र गैरे, धनकला गाहा, बसन्ती घिमिरे, विष्णु बहादुर गाहा, मिना पन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्र गोपाल सिंह, राधेश्याम ज्ञवाली, शान्ती झेडी थापा र सुनिल बुढाथोकीलाई सिफारिस गरेको छ । यसैगरी क्षेत्र नंं २ ख प्रदेश सभा समानुपातिक तर्फ नल बहादुर राना, दान बहादुर गाहा, तेज कुमारी थापा, विनु दमाई गौतम, सुरेश पौडेल, माधव बहादुर थापा र खड्ग बहादुर थापालाई सिफारिस गरेको छ ।

प्रदेश सभाबाट सिफारिस भएका उम्मेदवारको नामावली क्षेत्रिय समिति पठाउने, क्षेत्रले जिल्लामा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारहरूको अन्तिम नामावलीको टुङ्गो लगाउने नेपाली कांग्रेस जिल्ला सचिव सन्तोष कुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button