तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने

काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित सिट बाँडफाँट कार्यदलको आजको बैठक सकिएको छ ।

file photo

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यदल सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्री कार्कीले कार्यदलको बैठक निरन्तर बस्ने र सहमति गरिने बताउनुभयो । उहाँले न्यायोचित र सम्मानजनक तरिकाबाट सिट बाँडफाँट हुने प्रष्ट पार्नुभयो ।

मन्त्री कार्कीले निरन्तर बैठक बसेर कार्यदलमा गरिएको निर्णय शीर्ष तहमा पेश गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button