मन्त्री कार्की सुनसरी–४ बाट सर्वसम्मत सिफारिस
सुनसरी । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनको लागि प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

आम निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ संघीय सांसदको लागि ज्ञानेन्द्रबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।
बैठकले २०७४ सालमा निर्वाचित कार्कीलाई पुनः सुनसरी ४ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्