गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरू सिट बाँडफाँडको टुङ्गो लगाउन गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजेदेखि जारी बैठकमा कार्यदलका सदस्यहरु सहित सत्ता साझेदार पाँचै दलका शीर्ष नेताहरू समेत सहभागी हुनुभएको गठबन्धन कार्यदलको सचिवालयका सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
कार्यदलले सत्ता साझेदार दलहरू बीच प्रतिनिधि सभा तथा प्रदेश सभाको सिट सङ्ख्या बाँडफाँड गर्नुका साथै कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवारी रहने भन्ने समेत टुङ्गो लगाउनुपर्ने भएकाले सहमति जुट्न ढिलाइ भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्