निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तेस्रो दिनको बयान सुरू भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा उहाँको बयान लिन सुरुगरको हाे ।
महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेको हो ।
गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्