तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

नेपालगन्ज । बाँकेमा थप ११  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

भेरी अस्पतालमा ११ वटा नमुना जाँच गर्दा १० जना र जमुनाहा नाकामा एन्टिजेन परीक्षणबाट एक जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । 

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १९६ पुगेको छ । यस्तै २० हजार ७९८ जना निको भइसकेका छन्  । 

बाँकेमा अहिले  ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button