थापा मगरको उपचारका लागि एक लाख सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ ।
लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय उहाँलाई वडा कार्यालयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधबार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशीलको बुबा चन्द्रबहादुरलाई हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।
उहाँको अवस्थाको बारेमा जानकारी पाएपछि वडा कार्यालयको सिफारिसमा हेल्पका साथीहरू मिली रकम जुटाइएको अध्यक्ष लामाले बताउनुभयो ।
पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब रु छ सात लाखा लाग्न सक्ने अनुमान गरिएकोले सहयोगी मनहरूले उहाँको बुबा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्