तपाईँ सुन्दै हुनुहुन्छः

टेलिकमको नेटवर्क अवरुद्ध

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी र नेचासल्यान गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश क्षेत्र र नेचासल्यान गाउँपालिकाको केही भेगमा टेलिकमको नेटवर्क अनियमित भएको प्रयोगकर्ताहरूले बताएका छन् ।

त्यस क्षेत्रमा फोन नलाग्ने, लागिहालेमा आवाज नबुझिने जस्ता समस्या देखिएको स्थानीयले बताएका छन् । विद्युतका कारण थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलस्थित टेलिकमको टावरमा समस्या आएको कार्यालयले जनाएको छ ।

वर्षातको समयमा स्थानीय विद्युत् आयोजनाको सेवा अवरुद्ध हुँदा छिनछिनमा नेटवर्क आउने जाने भइरहेको नेपाल टेलिकम ओखलढुङ्गाका इन्जिनियर रोशन पण्डितले बताउनुभयो । काँगेलबाट जुबु लिङ्क हुने भएकाले काँगेलको टावर डाउन हुने बित्तिकै सो क्षेत्रको सम्पुर्ण सेवा अवरुद्ध हुने इन्जिनियर पण्डितको भनाइ छ । काँगेलको समस्या समाधानका लागि ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button