राष्ट्रियसभामा नागरिकता (पहिलो संशोधन)विधेयकमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभामा नागरिकता (पहिलो संशोधन)विधेयक, २०७९ माथिको छलफल जारी छ ।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक छलफलका लागि सभासमक्ष पेश गर्नुभएको हो ।
विधेयकका सम्बन्धमा ३२ जना सांसदहरुले सात समूहमा संशोधन प्रस्ताव राख्नुभएको छ ।
बैठकमा समूहका तर्फबाट सांसदहरु गोपी बहादुर सार्की (अछामी), खिमलाल देवकोटा, भगवती न्यौपाने, बेदुराम भुसाल, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल र डा. विमला राई(पौडेल)ले संशोधन प्रस्ताव राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्