तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ  

कञ्चनपुर ।  कञ्चनपुरको लालझाडीकी पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर २ कसुवाका ५५ वर्षीय रामदत्त रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पीडित बालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

केही दिनअघि बालिका बस्ने घरमा पाहुनाको रूपमा आएका रानाले घरमा कोही नभएको बेला सोमबार मध्यान्ह ती बालिकालाई निर्वस्त्र पारी जबरजस्तीकरणी गर्ने प्रयास गरेको र बालिकाकी आमा घरमा पुग्दा राना त्यहाँबाट फरार भई कसुवा गएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 

बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button