तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक राेजगारलाई व्यवस्थित गर्न नीतिगत र कार्यगत पहल भइरहेको छ : श्रममन्त्री कुँवर

अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अव्यवस्थित रहेको वैदेशिक रोजगारलाई सीप र प्रविधियुक्त बनाएर व्यवस्थित बनाएर लैजाने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन अछामले सदरमुकाम मङ्गलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुँवरले यसका लागि नीतिगत र कार्यगत रुपमा काम भइरहेको भनाइ राख्नुभएको छ ।

यो बर्ष मात्र नेपाल बाट ६ लाख ३० हजार नेपाली विदेश गएकाले विदेश गएका नागरिकले पठाएको रेमिट्यान्स बाट देश चलिरहेकाले अहिलेको अवस्थामा वैदेशिक रोजगारीलाई बन्द गर्नुभन्दा पनि यसलाई थप व्यवस्थित बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो ।

एकीकृत सूचना प्रणालीको विकास, सामाजिक सुरक्षामा जोडिने र वैदेशिक रोजगारका क्रममा हुने ठगी अन्त्यका लागि पहल भइरहेको मन्त्री कुँवरको भनाइ छ ।

“वैदेशिक रोजगारमा ठगी गर्नेलाई पानिमुनि गएपनि ल्याएर जेलमा कोचिन्छ ।” मन्त्री कुँवरले भन्नुभयो । विभिन्न देशका राजदूतको भेटमा समेत विदेशमा श्रम गरिरहेका व्यक्तिको समग्र सुरक्षाको लागि कुरा गरेको बताउनुभयो । मन्त्री कुँवरले विदेश गएका व्यक्तिहरूले आर्थिकसँगै सीप र प्रविधिलाई उपयोग गरेर देशमै उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।

“सुदूरपश्चिममा अरू भन्दा धेरै भारत जाने अवस्था छ, उनीहरूको पारिश्रमिक, सुरक्षाका लागि भारतीय राजदूतसँग कुरा भइरहेको छ ।” मन्त्री कुँवरले बताउनुभयो । विदेशमा काम गर्न जाने नेपालीहरूको श्रमको सम्मान र सुरक्षाको विषय सबैभन्दा ठुलो भएकाले विदेशमा रहने नेपालीहरूको सुरक्षाको लागि पहल भइरहेको समेत बताउनु भएको छ ।

मन्त्री कुँवरले नागरिकताविहिन बालबालिका र गैर आवासीय नेपालीका लागि नागरिकताका लागि विधेयक आएको भनाइ राख्नुभयो । राज्य व्यवस्था समितिमा लामो छलफल भएर सहमति भएको विधेयक लागू हुन नसक्नु दुःखद भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button