तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ६० प्रतिशत रोपाइँ, अझै मल अभाव

File Photo

भद्रपुर, झापा । यस वर्ष असार अन्तिमसम्ममा अघिल्लो वर्षको तुलनामा कम क्षेत्रफलमा रोपाइँ भएको छ ।

अघिल्लो वर्ष यस अवधिमा ७२ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ सकिएको छ । असार अन्तिम सातादेखि वर्षा नहुँदा जिल्लामा गत वर्षको तुलनामा १२ प्रतिशत कम रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

जिल्लामा धान खेती हुने ८७ हजार पाँच हेक्टरमध्ये ५२ हजार पाँच सय हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

झन्डै दुई सातायता पानी नपरेर निराश बनेका झापाका किसानले आवश्यक मलसमेत पाउन सकेका छैनन् । 

हालसम्म झापामा धान खेतीका लागि चाहिने रासायनिक मलमध्ये ७ प्रतिशत मात्र आपूर्ति भएको छ । 

झापामा साल्ट ट्रेडिङमार्फत एक पटक मात्र १७ हजार २०० बोरा युरिया र १७ हजार बोरा डिएपी मल आएको थियो । त्यसयता मल नआएको किसानहरूको दुखेसो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button