आगामी संसदीय निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहने : अध्यक्ष नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेशसभामा सबैभन्दा ठुलो दल एसले सरकारको नेतृत्वका लागी दाबी गर्नु स्वाभाविक भएको बताउनुभयो ।
एस एक्लैले सरकार बनाउने अवस्था छैन भन्नुहुँदै उहाँले जहिले अरूले दलले समर्थन दिन्छ भने पार्टीले सरकारको नेतृत्व गर्ने बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले आगामी संसदीय निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अब संसदीय निर्वाचनको तयारीमा जुट्नु पर्ने बताउनुभयो । अध्यक्ष नेपालले तत्काल पार्टी एकता नहुने पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्