म प्रधानमन्त्री भएका बेला एसपीपी सम्बन्धी कुनै निर्णय भएको छैन : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपी सम्झौता आफूले सरकारको नेतृत्व गरेको बेला नभएको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री र रक्षा मन्त्री भएका बेला कुनै पनि निर्णय नभएको दाबी गर्नुहुँदै आफूले उक्त सम्झौता गरेको भए प्रमाणसहित पेश गर्न चुनौती दिनुभयो ।

हाल नेपाल सरकारले अमेरिकासँगको एसपीपी सम्झौता अगाडी नबढाउने निर्णय समेत गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्