नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु
चितवन । चितवनमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३२ का सुरज बस्नेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बस्नेत खैरहनी नगरपालिका वडा नम्बर ५ स्थित बुढ्यौली आफ्नो दिदी भिनाजुको घरमा आइतबार आएका थिए । आज बिहान १०ः०० बजे खाना खाएर बस्नेतको भाञ्जा मुकेश पौडेलसँग डुम्रे खोलामा नुहाउने क्रममा उनलाई सवा ११ बजे बगाएको थियो ।
उनलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । बगाएको ठाउँबाट २०० मिटर तल बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्