तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता युवाको शव भेटियो 

चितवन । गत बिहीबार नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकका २४ वर्षीय बिनित घिमिरेको शव फेला परेको हो । उनको शव नवलपुर  विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित त्रिवेणी धाममा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही असार ९ गते घिमिरे पौडी खेल्नेक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ४  शिवघाट स्थित नारायणी नदीमा बेपत्ता भएका थिए ।  खोजतलासको क्रममा शनिबार साँझ उहाँको शव फेला परेको हो । उहाँको शव परीक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button