भलिबल सङ्घ पाल्पाको अध्यक्षमा गुरूङ्ग

पाल्पा।जिल्ला भलिबल सङ्घ जिल्ला कार्य समिति पाल्पाले नेतृत्व चयन गरेको छ । राजु गुरूङ्गको अध्यक्षतामा सङ्घले नयाँ कार्यसमिति चयन भएको हो ।
तानसेनमा भएको साधारणसभा एवम् तेस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा नारायण शारू, देब बहादुर गाहा चयन हुनुभएको छ । महासचिवमा कृष्ण बहादुर आले, कोषाध्यक्षमा दिल बहादुर गाहा र कार्य समिति सदस्यहरूमा दिपक चौहान, सुशीला गोदार, कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिति शाह, तारा बहादुर थापा रहनुभएको छ । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा पदम न्यौपाने, प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अन्नत प्रसाद श्रेष्ठ सिफारिस हुनुभएको छ ।
जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष ताराबहादुर थापाको सभापतित्व र नेपाल भलिबल संघका केन्द्रीय समितिका उपाध्यक्ष निरोज मास्केको प्रमुख आतिथित्यता र पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेको आतिथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्