तत्काल वाम एकताको सम्भावना छैन, पार्टीमा फर्कन चाहनेलाई ढोका खुल्लै छ : अध्यक्ष ओली

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल वाम एकताको सम्भावना नरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी छाडेर गएका कार्यकर्तालाई भने पार्टीमा फर्कनका लागी जहिले पनि ढोका खुल्ला रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले एक्लै लड्दा पनि ‘पपुलर’ मत पाएको भन्दै मङ्सिरमा हुने प्रदेश र सङ्घीय निर्वाचनमा एमाले सबैभन्दा ठुलो पार्टी बन्ने बताउनुभयो ।
लोकतन्त्रको रक्षाका लागी संविधानको पूर्णपालना आवश्यक रहेको बताउनुहुँदै उहाँले सत्ता स्वार्थका लागी अहिले संविधान विपरीत काम भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्