मेलम्चीको अस्थायी पुलमा क्षति: यातायात अवरुद्ध

सिन्धुपाल्चोक। लगातारको बर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।
गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रुपमा ह्युम पाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । अब इन्द्रावति र पाँचपोखरी बाट मेलम्चीमा आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आग्रह गर्नुभएको छ ।
अब ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन , वैकल्पिक रुपमा बाहुनेपाटिको पुल प्रयोग गर्न सकिन्छ प्रमुख तामाङले भन्नुभयो । अब फट्टेको पुल पनि बाढीले बगाएको खण्डमा चनौटेको बेलिब्रिजको प्रयोग गर्नुपर्ने हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्