तपाईँ सुन्दै हुनुहुन्छः

विकास प्रक्रियामा प्रकृतिलाई हानी नपुग्ने शैली र निर्माण प्रविधिको प्रयोग गर्न राष्ट्रपतिको आव्हान

काठमाडौँ । भोलि विश्व वातावरण दिवस । सन् १९७२ मा ‘वन्ली वन अर्थ’ अर्थात् ‘केवल एक पृथ्वी’ भन्ने विषयका साथ पहिलो पटक मनाइएको विश्व वातावरण दिवस भोलि पनि यसै विषयका साथ मनाइँदैछ ।

विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेडियो नेपाललाई विशेष अन्तर्वार्ता दिनुहुँदै वर्षका हरेक दिनलाई प्रकृति, पानी र जैविक विविधताको संरक्षण गर्दै मानव जीवनलाई सुखी बनाउन सकिन्छ भन्ने चिन्तनको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख नवराज लम्सालमुख्य सम्वाददाता प्रमोद दाहालसँग कुरा गर्नुहुँदै राष्ट्रपति भण्डारीले हाम्रा विकास प्रक्रियामा प्रकृतिलाई हानी नपुग्ने शैली र निर्माण प्रविधिको प्रयोग गर्न तथा नव निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई प्रकृतिमैत्री विकासको अवधारणा बुझ्न र लागु गर्न विशेष आह्वान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले दिनुभएको विशेष अन्तर्वार्ता रेडियो नेपालबाट आइतबार बिहान ६ बजेर १५ मिनेट र बेलुका ९ बजेर २० मिनेटमा प्रसारण हुनेछ । 

पूर्ण अन्तर्वाता सुन्न प्ले बटन थिच्नुहोस्

प्रतिक्रिया राख्नुहोस्

Back to top button