तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु

हेटौँडा । बागमती प्रदेशका सरकारी निकायमा ७२ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ ।     

हेटौँडामा आयोजित एक कार्यक्रममा प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको जानकारी दिनुभएको हो । उहाँले सरकारी कार्यालय, समिति तथा संस्थामा अब बेरुजु हुन नदिन समितिले सजग गराउनुका साथै ताकेता समेत गरिरहेको बताउनुभयो ।     

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श अगाडि बढाइने उल्लेख गर्दै विकास निर्माणलगायत क्रियाकलापमा अनियमितता तथा अपारदर्शिताबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारमा पनि संसद् र संसदीय समितिले चासो दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button