तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक विकास मन्त्री बोहरा र कानून मन्त्री रावलद्वारा टीकापुर अस्पताल अनुगमन

टीकापुर, कैलाली । सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूको टोलीले टीकापुर क्षेत्रका विभिन्न क्षेत्रको अनुगमन गरेको छ । सामाजिक विकासमन्त्री गोविन्दबहादुर बोहरा, आन्तरिक मामिला तथा कानूनमन्त्री डाक्टर रणबहादुर रावल, सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश सदस्य उमादेवी वादीको टोलीले टीकापुर अस्पतालको अनुगमन गरेको हो । 

मन्त्रीको टोलीले टीकापुर अस्पताल, टीकापुर योगाआश्रम, वीरेन्द्र विद्या मन्दिर क्याम्पस, जालपादेवी मन्दिर र नेपाली काँग्रेसको पार्टी कार्यालय अनुगमन गरेको छ । अस्पताल अनुगमनका क्रममा मन्त्री बोहरा र रावललाई अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पताल विकासको माग गर्दै ज्ञापन पत्र पेश गर्नुभएको छ । 

अस्पतालको अनुगमन तथा निरीक्षणपछि सामाजिक विकास मन्त्री बोहराले प्रदेश सरकारले सुदूरपश्चिमका तीन अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न खोजेको बताउँदै मन्त्री बोहराले टीकापुर अस्पताल, सेती प्रादेशिक अस्पताल र कञ्चनपुर अस्पताललाई विशेष रुपमा हेरिरहेका बताउनुभयो । 

कानून मन्त्री डा रणबहादुर रावलले टीकापुर अस्पतालमा कैलाली जिल्लामात्र नभई बर्दिया, कर्णाली प्रदेशका पूर्वी भेग र भारतका समेत बिरामी उपचारमा आउने भएकाले अस्पताल विकास आवश्यक रहेको बताउनुभयो । मन्त्री रावलले अस्पतालको गुरुयोजना बनाएमा आफूहरू सहयोग गर्न तयार रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button