खैरो हिरोइनसहित ४ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका ८ कलकत्ताका २३ वर्षीय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँट नगरपालिका झलारीका २५ वर्षीय सञ्जु सार्की र शुक्लाफाँटाका प्रवेश धामीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
दिनेश साइकलमा सवार रहेका र उनको साइकलको सिट कभरमुनि लुकाई राखेको अवस्थामा १०.७२ ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै प्रवेशले चलाएको सुपप्र ०२–००३ प ३९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्