गोरखामा जिसस गठनका लागि नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत
गोरखा । गोरखामा जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गोरखाले स्पष्ट बहुमत पाएको छ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गोरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस गठनको लागि माओवादीको स्पष्ट बहुमत देखिएको हो।
जिससमा पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । जसअनुसार गोरखामा २२ जना मतदाता रहन्छन् । २२ मध्ये माओवादीले नौ स्थानीय तहको प्रमुख र छ उपप्रमुख जितेर जिससमा १५ मतदाता पुगेको छ भने नेपाली काँग्रेसले दुई पालिकामा प्रमुख र ५ उपप्रमुख जितेर ७ मतदाता पुगेको छ ।
अघिल्लो निर्वाचनमा जिसस गठनमा काँग्रेसको स्पष्ट बहुमत पुगेको थियो भने अहिले माओवादी त्यो स्थानमा पुगेको छ । जिससका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउँछन्। मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्