बाँकेका ८ वटै स्थानीय तहमा कार्यपालिका सदस्यको निर्वाचन तयारी
बाँके । बाँकेका ८ वटै स्थानीय तहको मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका (बोर्ड) गठन गर्ने तयारी गरिएको छ ।कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन हुन लागेको हो ।
यसका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् । कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्य मध्येबाट, सीमान्तकृत/अल्पसङ्ख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ ।
कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यले मतदान गर्नेछन् । कार्यपालिका सदस्यहरु निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउनेछ ।
जिल्लाका ८ वटै स्थानीय तहमा निर्वाचन प्रमुख्अध्यक्ष, उपप्रमुख्उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरिसक्नुभएको छ । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले कार्यपालिका सदस्य निर्वाचन गर्नका लागि प्रायः सबै स्थानीय तहमा निर्वाचन तालिका अगाडी बढिसकेको जानकारी दिनुभयो । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचन सम्पन्न गराउने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्