बाराको कोल्हवी नगरपालिका नेपाली काँग्रेस विजयी

बारा । बाराको कोल्हवी नगरपालिकाको नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष गरी बहुमत पदमा नेपाली काँग्रेस विजयी भएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार राम प्रसाद चौधरी र उपप्रमुखमा लक्ष्मी कुमारी चौधरी र पाँच वडा अध्यक्ष सहित विजयी भएका छन् । ११ वडा रहेको कोल्हबीमा चौधरीले ९१०५ मत ल्याएर विजयी भएका हुन । एमालेले पाँच र माओवादीले एक वडामा विजयी भएको छ ।
त्यसैगरी यसअघि नगरप्रमुख रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका भरत बहादुर भण्डारी ८३०७ मत ल्याएर पराजित बन्न पुगेका छन् ।







प्रतिक्रिया राख्नुहोस्