अछामका स्थानीय तहहरुमा कर्मचारीको अभाव कायमै

अछाम –अछामका स्थानीय तहहरुमा कर्मचारीको अभाव अझै कायमै रहेको छ । सङ्घीय सरकारले समायोजन प्रक्रिया टुङ्ग्याउदा पनि अछाम जिल्लाका गाउँपालिका र नगरपालिका कार्यालयमा कर्मचारीको अभाव कायमै रहेको हो ।
स्थानीय तहहरुमा कर्मचारीको अभाव रहँदा सेवाग्राहीले कामकाजमा ढिलाई व्यहोर्नु पर्ने बाध्यता रहदै आएको छ भने कार्यालय संचालनमा समस्या हुँदा करारका कर्मचारीमा बिकासे बजेट खर्च भईरहेको छ ।
जिल्लाको कमलबजार नगरपालिकामा पनि कर्मचारी अभावका कारण समस्या भईरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बहादुर बिष्टले बताउनु भएको छ ।
कमलबजार नगरपालिकामा लेखा शाखामासमेत कर्मचारी नहुँदा मालपोत कार्यालयबाट कर्मचारी बोलाएर काम गर्नु पर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।
कर्मचारीको अभावका कारणा नगरपालिकाका वडाहरु कार्यालय सहयोगीको भरमा सञ्चालन भईरहेको र स्वास्थ्य संस्थामा भएका थोरै कर्मचारीहरुलाई परिचालन गरी सेवा प्रवाहमा निरन्तर जोड दिएको अधिकृत बिष्टले बताउनुभयो ।
जिल्लाका सबै स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्