तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी उपमन्त्री जेया तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

file photo

काठमाडौँ । अमेरिकी विदेश विभागका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार विषय हेर्ने उपमन्त्री उजराज जेया तीन दिने भ्रमणका लागि आज अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले अमेरिकी उपमन्त्रीले नेपाल रहँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतसँग भेटघाट गर्नुहुने जानकारी दिनुभयो । 

प्रवक्ता लम्सालले बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका बीच सांस्कृतिक, प्राविधिक तथा हवाई, वाणिज्य र ऊर्जा क्षेत्रमा लगानीका विषयमा छलफल भएको उल्लेख गर्दै विभिन्न छ वटा समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी गराउनुभयो । 

मन्त्रालयले आज गरेको नियमित सम्मेलनमा अन्तर्राष्ट्रिय स्तर नेपाल सहभागी भएको विभिन्न सम्मेलनहरूमा नेपालले प्राप्त गरेका उपलब्धिहरूका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button