तपाईँ सुन्दै हुनुहुन्छः

तीन पत्रकार निर्वाचित

जाजरकोट। जाजरकोटका दुई पत्रकार वडाध्यक्षमा एक पालिका अध्यक्षमा विजयी भएका छन् । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो ।

नेपाल प्रेस युनियनसँग आवद्ध नेपाल टेलिभिजनका जिल्ला संवाददाता बद्री पन्त नलगाड नगरपालिका–४ को र नेपाल प्रेस सेन्टरसँग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो तीनैजना समाजसेवीका रूपमा समेत चर्चित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button