तपाईँ सुन्दै हुनुहुन्छः

हरिवनमा माओवादीबाट मेयरमा बुढाथोकी र उपमेयरमा एमालेकी घलान निर्वाचित

सर्लाही ।  सर्लाहीको हरिवन नगरपालिकामा मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) ले जित निकालेको छ भने नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उपमेयरमा जित निकालेको छ । हरिवन नगरपालिकाको नगर प्रमुखमा कमल बुढाथोकी र नगर उप–प्रमुखमा हरि माया घलान निर्वाचित हुनु भएको छ ।

नगर प्रमुखमा बुढाथोकीले ७००२ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद प्रसाईँले ६८४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा घलानले ६८५५मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सोनी कुमारी बमजनले ५३२१ मत प्राप्त गर्नुभएको थियो ।

यो सँगै माओवादी केन्द्रमा अहिलेसम्म बलरा नगरपालिका, बागमती नगरपालिका र रामनगर गाउँपालिका गरी ४ पालिकामा जित निकालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button