बंगलादेश यु-२३विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी इमर्जिङ टिम्स कपको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम बंगलादेश यु–२३ विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

ढाकामा जारी खेलमा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । यसअघि समूहका २ खेलमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । आज भएको खेलमा बंगलादेशलाई हराए नेपाल सेमिफाइनल पुग्नेछ ।
नेपालले शनिबार हङकङलाई ४० रनले पराजित गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा भारत यु-२३ टिमसँग पराजित भएको थियो ।
नेपाली टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्