लमहीमा जोगराज र लक्ष्मी विजयी

दाङ। दाङको लमही नगरपालिकामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । नेपाली काङ्ग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार जोगराज चौधरी र उपमेयरकी उम्मेदवार लक्ष्मी योगिले विजयी हासिल गर्नुभएको हो ।
जोगराज चौधरीले ९ हजार ३१७ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २८५ मत ल्याएर दोस्रो हुँदा नेकपा एमालेका डण्डीराम चौधरीले ५ हजार ५०३ मत ल्याएर तेस्रो हुनुभएको हो ।
यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसकी लक्ष्मी योगिले ८ हजार ७३७ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रकी गङ्गा पाण्डेले ५ हजार ८४८ मत ल्याई दोस्रो हुनुभयो । उपमेयर पदमा नेकपा एमालेकी सुशीला शर्माले ५ हजार ३१२ मत ल्याई तेस्रो हुनुभयो ।
यसअघि जोगराज चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कुलबहादुर केसीसङ्ग पराजित हुनुभएको थियो । जोगराजले चुनाव हार्दा २०७४ मा नेपाली काङ्ग्रेसकी देबका बेल्बासेले उपमेयर पदमा विजयी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्