कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष उपाध्यक्षमा काँग्रेस विजयी
जुम्ला। कनकासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका दामाेदर आर्चाय तथा काँग्रेसबाटै उपाध्यक्षमा प्रेमकली बुढा विजयी भएका हुन् ।
निर्वाचित अध्यक्ष आर्चायले २८०६ मत प्राप्त गर्दै ४२६ मत अन्तरले निर्वाचित भएका छन् । भने उपाध्यक्ष बुढाले २३८० मत प्राप्त गर्नु भएको छ ।
अध्यक्षका प्रत्यासी माओवादी केन्द्रका धन बहादुर महतले २५६३ महत ल्याउनु भएको छ । भने उपाध्यक्षका प्रत्यासी माओवादी केन्द्रकै रिता खत्रीले १९४५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय कमकासुन्दरी गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्