तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा १३ वडाको नतिजा सार्वजनिक

बर्दियामा  । बर्दियाको मतगणनाको दोस्रो दिनसम्म आइपुग्दा ७५ वडा मध्ये  १३ वटा वडाको अन्तिम नतिजा आएको छ । 

गुलरीया नगरपालिका वडा नम्बर  १ मा नेपाली काँग्रेसका जोगीराम थारु १ हजार ३ सय ३९ मत ल्याइ विजय प्राप्त गर्नुभएको छ । वडा नम्बर २ मा नेकपा एमालेका टङ्कप्रसाद अधिकारी ८ सय ५२ र ३ मा नेकपा एमालेकै सर्बजित यादवले ले विजय प्राप्त गर्नुभएको छ ।

मधुवनन नगरपालिका मा वडा नं. १मा नेपाली काँग्रेसका मीनबहादुर थापाले  १ हजार ७ सय ८० मत ल्याइ विजय हात पार्नुभएको छन् भने वडा न २ मा नेकपा माओवादीका आशाराम थारुले ८ सय १९ ल्याइ  विजयी हुनुभएको छ ।

त्यसैगरी राजापुर नगरपालिका वडा नम्बर  १ मा नेपाली काँग्रेसका बाबुराम चौधरी  १ हजार ३ वडा नम्बर २ मा नेपाली काङ्ग्रेसकै राम चन्द्र चौधरीले १ हजार २ सय ८४  प्राप्त गर्नुभएको छ । गेरुवा गाउँपालिका वडा नम्बर  १ मा पनि नेपाली काँग्रेसका कर्मपसाद चौधरी १ हजार ३ सय ५ प्राप्त गरी विजय हुनुभएको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर १ २ ३ मा क्रमशः नेपाली काङ्ग्रेसकै कैलासपती थारुले हजार ६५ रामफेस थारुले १ हजार ४ सय ६५ र नन्दलाल थारुले १ हजार ५ सय ३९ मत ल्याएर विजय प्राप्त गर्नुभएको छ ।

बासगढी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादीका जयराज पाण्डेले ६ सय १५ ल्याइ  विजय हासिल गर्नुभएको छ भने वडा नम्बर २ मा नेकपा एमालेका अर्जुन कुमार खडकाले १ हजार ३ सय ४४ मत ल्याइ वडा अध्यक्ष बन्न सफल हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button