तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचन : सर्लाही (अपडेट)

सर्लाही । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरूको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यस क्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतो विजयी हुनुभएको छ । महतोले ६४६ मत ल्याएर सम्पूर्ण प्यानल सहित विजयी भएको हो । वडा अध्यक्ष महतोका प्रतिस्पर्धी जनता लोकतान्त्रिक समाजवादी  पार्टीका सुशिल यादवले ३७१ मत प्राप्त गरेका छन् । हाल चन्द्रनगरमा नेपाली काङ्ग्रेसकै अग्रता रहेको छ ।

यसैगरी हरिवन नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेसका अर्जुन योञ्जन विजयी भएका छन् ।आइतबार बिहान ४ बजे निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार योञ्जनले ९४६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन महतोले ८७८ मत मात्र ल्याए । वडाध्यक्ष योञ्जन बाहेक चारै जना सदस्य भने एमालेबाट विजयी भएका छन् । हरिवनको वडा नम्बर १ मा भने यसअघि नै काँग्रेसका टम बहादुर घिसिङ विजयी भईसकेका छन् ।

त्यस्तै लालबन्दी नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका बुद्ददेव चौधरी विजयी भएका छन् ।बुद्ददेवले ४९७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगेन्द्र चौधरीले ४७१ मत पाए । माओवादीका मुक्तिनारायण चौधरीले भने २५२ मत मात्र प्राप्त गरे । त्यहाँ महिला सहित २ सदस्यमा एमाले र २ जना सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसैगरी धनकौल गाउँपालिका वडा नं. १ को  वडा अध्यक्षमा काँग्रेसको उम्मेदवार गौरीशङ्कर महतो विजयी भएको छ ।

यसैगरी हरिपुर्वा नगरपालिका वडा नं. १का वडा अध्यक्षमा श्यामबाबु रायले  ३ सय ७५ मत ल्याएर विजय हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी  जनमत पार्टी नेपालका राकेश राय ३५१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै हरिपुर्वा नगरपालिका वडा नं.२ को वडाध्यक्षमा जसपाका उम्मेदवार दिनेश यादव ६६२ मत ल्याएर विजयी भएका छन् ।उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुरुषोत्तम रायले ३०२ मत पाए ।

मलंगवा नगरपालिका १ मा नेपाली काँग्रेसका उम्मेदवार नबलकिशोर यादव विजयी भएका छन् । मतगणनामा सहभागी स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् ।  त्यस्तै मलंगवा नगरपालिका वडा नं. २मा नेकपा एमालेका उम्मेदवार धिरेन्द्र साह विजयी भएको छ ।

यसैगरी हरिपुर्वा नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार मध्ये सबैभन्दा बढी नेपाली काँग्रेसका उम्मेदवार विनोद साहले १५६९ , जनता समाजवादी पार्टीका उम्मेदवार योग्यनारायण रायले १०४४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरेन्द्र यादवले ४३८ मत प्राप्त गरेको छ । यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार सुमिन्त्रा देवी यादवले १२५७, जन्ता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिता देवी यादवले १०३३, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार बवली कुमारीले ६१४ मत प्राप्त गरेकी छन् ।

लालबन्दी नगरपालिका ३ नम्बरमा मेयरतर्फ भने सबैभन्दा बढी काँग्रेसका बासुदेव अधिकारीले ४९६ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द महतले ४८४ मत ल्याएका छन् । गठबन्धन अन्तर्गत माओवादीका प्रह्लाद बुढाथोकीले २४३ मत मात्र पाए । त्यस्तै उपमेयरतर्फ एमालेकी सन्सरी माया थिङले ४९४, काङ्ग्रेसकी कल्पना पाख्रिनले ४८४ र गठबन्धन अन्तर्गत एकीकृत समाजवादीका गोविन्द अधिकारीले ४८ मत मात्र पाएका छन् । लालबन्दीमा वडा नम्बर १ र २ को पनि मतगणना जारी छ ।

हरिवन मेयरतर्फ भने एमालेका गणेश प्रसाद प्रसाईँले ८२७, काँग्रेसका राम प्रसाद मैनालीले ४६६, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले ३३५ र माओवादी केन्द्रका कमल बुढाथोकीले २४२ मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी हरिमाया घलानले ८७२, काङ्ग्रेसकी सोनी कुमारी बम्जनले ६३२, माओवादीकी पद्मा मोक्तानले २०२ र एकीकृत समाजवादीकी सीता थापाले १०९ मत प्राप्त गरेकी छिन् ।

चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस बाट अध्यक्ष पदको उम्मेदवार राजकुमार महतोले ७८०, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महेन्द्र महतोले ३५७, नेकपा माओवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र मुखियाले २९७ मत प्राप्त गरेको छ ।

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार मञ्जु सिंहले ५८४, नेकपा माओवादी पार्टीका उम्मेदवार गिता देवी महतोले ३८५ मत र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ३४९ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button