कपिलवस्तु अपडेट :
स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । कपिलवस्तुका १० वटा स्थानीय तह मध्ये ९ वटामा वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न पश्चात् ३ वटा पालिकामा राती र ६ वटा पालिकामा बिहान ९ बजे बाट मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिकामा उपमेयरका उम्मेदवारको मृत्यु भएका कारण मतदान स्थगित भएको छ । अन्य पालिकाको मत परिणाम आउने क्रम जारी छ ।
कपिलवस्तु नगरपालिका १ को वडाध्यक्षमा जसपा विजयी
कपिलवस्तु नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी हुनु भएको छ । जसपाका मोहम्मद जाहिद खाँ सहितको प्यानल विजयी भएको हो । खाँले ९ सय ९२ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले खाँलाई विजयी भएको आधिकारिक घोषणा भने गरेको छैन । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सन्तोष कसौधनले ८ सय मत ल्याएका थिए।
विजयनगर गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेबाट विजयी
कपिलवस्तुको विजयनगरमा नेकपा एमालेले विजयको सुरुवात गरेको छ । विजयनगरमा गाउँपालिका वडा न. १ मा नेकपा एमालेबाट उम्मेदवार इन्नर थारु ८ सय ७३ मत ल्याई अध्यक्ष सहित सबै वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी जसपाका बुधराम चौधरीले ५०१ मत प्राप्त गरेका थिए ।
शिवराज १ को वडाध्यक्षमा एमालेबाट विजयी
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी हुनु भएको छ । शिवराज नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेकपा एमालेका खिम विक्रम केसी विजयी हुनु भएको छ । केसीले १ हजार चार सय ५२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी राप्रपाका राहुल थारुले १ हजार १ सय ३१ मत ल्याउनु भएको थियो ।
कपिलवस्तु १ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट विजयी
कपिलवस्तु नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेसका इन्सा अली धुनियाले ९सय ७८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम नेकपा एमालेका ओम प्रकाश पाण्डेले ९ सय ३८ मत ल्याउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्